माघ १९, २०७५
साइकल उत्पादनमा अन्तर्राष्ट्रिय ख्याति कमाएको ट्रेक कम्पनीको माउन्टेन बाइकको शोरुम बुटवलमा पनि खुलेको छ । बुटवल कालिकानगरस्थित बुटवल बाइक स्टेसनको विश्व साइकलयात्री पुष्कर शाहले सुभारम्भ गर्दै स्वस्थ्यप्रतिको चासोसँगै साइकल चढ्नेहरूको संख्या बढेको बताए ।
साइकल चढ्दा पर्यावरणमा टेवा पुग्ने भन्दै उनले यसले पर्यटन प्रवद्र्धनमा समेत योगदान दिने बताए । स्वास्थ्य र साइकलको सम्बन्धका बारेमा सचेतना जगाउन शाहले युवाहरूमाझ अभियान नै चलाउँदै आएका छन् ।
शाहले पाइडल फर पिस, टुर दी लुम्बिनीसहित विभिन्न अभियानका साथ देशका विभिन्न सहरमा सचेतनाका काम गर्दै आएका छन् । शोरुममा ट्रेक माउन्टेन बाइकका ५८ हजारदेखि साढे ९ लाख रुपैयाँसम्मका साइकल उपलब्ध छन् । नेपालमा ट्रेक माउन्टेनका ३ सय साइकल (प्रत्येक वर्ष) बिक्री भैरहेको बताइन्छ ।