नेपाली संगीतमा गायक दीप श्रेष्ठको विशिष्ट स्थान छ । नारायण गोपाल, बच्चु कैलाश, फत्तेमान, भक्तराजजस्ता साधकहरूसँगको सहकार्य र सामीप्यता पाएका श्रेष्ठ पछिल्लो पुस्ताका अभया सुब्बा, प्रमोद खरेलदेखि सीडी विजय अधिकारीसम्म उत्तिकै सहज हुन्छन् । म पत्थरको देउता हैन गीतबाट संगीतको औपचारिक यात्रा सुरु गरेका दीप श्रेष्ठको सांगीतिक यात्राले ५० वर्ष पूरा गरिसकेको छ । आफ्नो ५० औ स्वर्ण संगीत यात्राको ग्रान्ड सेलिब्रेसन गर्न हङकङ पुगेका थिए ।
दीप श्रेष्ठ आफैंलाई मन परेका आफ्नै तीन गीत ?
सुनिदेऊ सानो छँदाको कथा, बितेका कुराले तथा म पत्थरको देउता हैन ।
मन परेका अरुका तीन गीत ?
नारायण गोपालको तिमी जुन रहरले ममा फुल्न आयौ, बच्चु कैलाशको नभनिदेऊ मेरो माया छ भनेर तथा नातिकाजीको एउटा तारा डाँडापारि ।
समकालीन तीन गायक ?
अरुण सोताङ, अरविन्द मालाकार तथा मनोहर गोपाल ।
वर्तमान समयका मन पर्ने तीन गायक ?
उदय सोताङ, सत्यराज आचार्य तथा जगदीश समाल ।
संगीतमा नलागेको भए ?
सायद खेलाडी बन्थें वा विज्ञानको विद्यार्थी भएकाले चिकित्सा पेसामा हुन्थें ।
फुर्सदमा घुम्न मन लाग्ने ठाउँ ?
धरान, पोखरा तथा काठमाडौका डाडाँकाडा विशेष लाग्छन् ।
जीवनकै उत्कृष्ट कन्सर्ट
अस्ट्रेलियाको मेलवर्नमा आयोजित कन्सर्ट ।