साप्ताहिक संवाददाता
चलचित्र ‘बुलबुल’को नयाँ गीत सार्वजनिक भएको छ । प्रदर्शनको दुई साता अघि सार्वजनिक गरिएको ‘जाद्रै बस्यो दिल’बोलको गीत रिलिज भएको छोटो समयमै निक्कै लोकप्रिय बनिसकेको छ । शनिबार काठमाडौंको भृकुटीमण्डपमा जारी क्यान ईन्फोटेक मेलामा हजारौं दर्शकहरु माझ सार्वजनिक गरिएको गीत धेरैले रुचाएका छन् । गीत सार्वजनिक कार्यक्रममा चलचित्रका शिर्ष कलाकारको उपस्थिती रहेको थियो ।
नयाँ नयाँ प्रचारशैली अवलम्बन गर्दै आएको बुलबुल टोलीले पहिलो गीत ‘माया ओई ओई’ पनि दर्शकहरुकै माझमा गएर कलाकारहरुलाई नचाउादै सार्वजनिक गरेको थियो । सार्वजनिक गीतमा पीडाको भावमा मर्मस्पर्शी शव्दहरुको जर्वजस्त संयोजन गरिएको छ ।
गीतको दृश्यमा कहिले सडकमा हिंडदै गरेकी र पानीमा रुझ्दै गरेको देखिएकी अभिनेत्री स्वस्तिमा खडकाको जीवन्त अभिनय झल्किन्छ । चलचित्र निर्माता अविरल थापाले यो चलचित्रले आफ्नो परीक्षा लिने बताएका छन् । उनले मौलिक चलचित्र भएन भनेर गुनासो गरिरहेका दर्शकहरु र चलचित्र समीक्षकको पनि यो चलचित्रले परीक्षा लिने बताए ।
सार्वजनिक गीतमा मनिकला पौडेलको शव्द संकलन, उदगम परियारको संगीत र रजिना रिमालको स्वर रहेको छ । बुलबुल चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषाल, जोयस पाण्डे, लक्ष्मी बर्देवा, दीपक क्षेत्री, एलिना कार्की, सृष्टि भट्राई लगायतको अभिनय छ । अविरल थापा लगायतको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता रामराजा दाहाल हुन् ।
अहिलेसम्म प्रस्तुत दृश्य सामग्रीबाट मौलिकपन देखाएर धेरैले आश गरेको र प्रतीक्षा गरिरहेको चलचित्र बुलबुल आगामी फागुन ३ गतेदेखि देशैभर प्रदर्शन हुादैछ ।
जाद्रै बस्यो दिलको भिडियो :