साप्ताहिक संवाददाता
बलिउडका महानायक अभिताभ वच्चनले साइन गरेका चलचित्रमा निरन्तर काम गरे पनि तिनको छायांकन सक्न केही वर्ष लाग्नेछ । बुढ्यौली उमेरमा पनि धमाधम चलचित्रमा देखिँदै आएका अभिताभको अभिनयको चर्चा संसारभर हुन्छ, चाहे उनको चलचित्र फ्लप नै किन नहोस् ।
बलिउडका वलिया खम्बा अभिताभका सम्बन्धमा आगामी १५ फेब्रुअरीमा एउटा नयाँ इतिहास रचिँदैछ, जुन इतिहास बलिउडमा अहिलेसम्म सायदै कसैले रचेका छन् । प्रसंग हो, उक्त दिन अभिताभले बलिउडमा पाइला चालेको ठ्याक्कै ५० वर्ष पूरा हुनेछ ।
यो मेरा लागि धेरै ठूलो कुरा हो र भावुक क्षण पनि, अभिताभले आँखाको डिलका आँसु पुछ्दै भनेका छन्, ‘यो लामो यात्रामा मैले पाएको सबैभन्दा ठूलो उपहार भनेको दर्शकको माया हो, लाखौं मलामी ।’ अभिताभले १५ फेबुु्रअरी १९६९ मा आफ्नो पहिलो चलचित्र सात हिन्दुस्तानी साइन गरेका थिए ।
केही समयअघि अभिताभले ठग्स अफ हिन्दोस्तानमा कमालको अभिनय गरेका थिए भने उनी चाँडै ब्रह्मास्त्रमा देखिँदैछन् । अचम्मको कुरा के पनि हो भने पहिलो चलचित्र हिन्दुस्तानी र ५० वर्षपछि अभिनय गरेको चलचित्र ठग्स अफ हिन्दोस्तानको शीर्षक उस्तै–उस्तै छ ।