साप्ताहिक संवाददाता
रोल्पा जिल्लाकै दोश्रो ठुलो एव जिल्लामै सम्भावना बोकेको क्षेत्रका रुपमा परीचीत रुन्टीगढी गाउँपालीकाको केन्द्र होलेरीमा ‘बृहत विकास सम्मेलन’ हुने भएको छ । प्रचुर सम्भावना हुँदाहुँदै पनि विकासका हिसावले पछि परीरहेको भन्दै गाउँपालीकाको आयोजनामा यही फाल्गुण १० र ११ गते ‘बृहत रुन्टीगढी विकास सम्मेलन’ हुने भएको हो ।
गाउँपालीकासँग जोडिएका छिमेकी जिल्ला दाङ, सल्यान, प्युठान र रुकुमका स्थानीय सरकारका प्रमुख समेतलाई सम्मेलनमा सहभागी गराई त्यस क्षेत्रको विकास गर्दैगर्दा रुन्टीगढीको समेत विकास गर्न सकीने सम्भावना के ? र त्यसलाई कसरी लैजाने भन्ने लगायतका विषयमा बृहत क्षलफल तथा प्रतिबद्धताका लागी सम्मेलनको आयोजना गर्न लागीएको गाउँपालीकाका अध्यक्ष बालाराम बुढाले बताए ।
साथै कार्यक्रममा रोल्पा जिल्लाबाट प्रतिनिधीत्व गरेका उर्जा जलश्रोत तथा सीचाइमन्त्री बर्षमान पुनसँगै अन्य प्रदेशका मन्त्री तथा सांसद, छिमेकी जिल्लावाट प्रतिनीधीत्व गर्ने मन्त्री तथा सांसदलाई समेत कार्यक्रममा सहभागी गराई गाउँपालीकाको समग्र विकासका लागी सम्भावनाको खोजी गरीनुका साथै प्रदेश तथा संघीय सरकारको प्रतिबद्धता के हुन सक्छ भन्ने गरी कार्यक्रमको आयोजना गरीयको छ । शनिवार होलेरीमा सरोकारवालासगाको क्षलफलवाट उक्त कार्यक्रमलाई सफल वनाउन मुल आयोजक समिती तथा विभीन्न ९ उपसमितिहरु समेत गठन गरीएको छ ।
पर्यटनका हिसावले होलेरीको विकास गर्न सके दाङ, प्युठान तथा रुकुमलाई समेत फाइदा पुग्ने भएपनि अहिले छीमेकी जिल्लाको कुनै पनि चासो नरहेकाले सम्मेलनको आयोजनाले सवैलाई फाइदा हुने निष्कर्समा पुग्ने विश्वास गाउँपालीकाले लिएको गाउँपालीकाका अध्यक्ष बुढाले बताए ।
सम्मेलनवाट गाउँपालीकाको प्रमुख सम्भावनाका रुपमा रहेको पर्यटन तथा कृषीसँगै अन्य विकासका पुर्वाधारको विकास र गाउँपालीकाको समृद्धीका लागी छीमेकीहरुको सहभागीता र प्रदेश सरकार तथा संघीय सरकारको अपनत्वका लागी सम्मेलनको आयोजना गरीएको पर्यटन फोकल पर्सन दिपेन्द्र कुमार डीसीले बताए ।