साप्ताहिक संवाददाता
यो माघ महिनामा नेपाली समाजमा धूमधामका साथ अनेकौं विवाह सम्पन्न भैरहेका छन् । मन मिल्ने विपरीत लिंगीसँग हुने विवाहको परिभाषामा अहिले व्यापक परिवर्तन आइसकेको छ । अहिले मन मिल्ने विपरीत लिंगी मात्र नभएर समान लिंगीबीचसमेत विवाह हुन थालिसकेको छ । त्यसबाहेक केही व्यक्तिको हठका कारण अनौठा किसिमका विवाह पनि सम्पन्न भएका छन् ।
डाँकाको आत्मासँग
ज्याक स्प्यारो ३ सय वर्षअघि हाइटीको समुद्री डाँकुका रूपमा कुख्यात थिए । सत्रौं शताब्दीमा उनको कुख्याती विश्वभर फैलिएको थियो । तिनै पात्रको नाममा हलिउडले ब्लकबस्टर चलचित्रसमेत तयार पार्यो । ज्याक स्प्यारोको आत्मा अझै पनि भड्किरहेको र आफू त्यतिबेला ज्याककी प्रेमिका रहेको दाबी गर्ने आमन्दाले केही समयअघि समुद्री डुङ्गामा आत्मासँग विवाह गरिन् ।
उनले आफ्नो थरमा आमन्दा स्प्यारो लार्जसमेत लेखिन् । हाल आयरल्यान्डमा बसोबास गर्ने ४६ वर्षीया आमन्दाले पहिले पनि स्प्यारोसँग विवाह भएका कारण कुनै किसिमको डर नभएको बताएकी छिन् भने अरूलाई आत्मासँग विवाह गर्दा सचेत हुनसमेत आग्रह गरेकी छिन् ।