साप्ताहिक संवाददाता
पेसा नै नृत्य क्षेत्रमा भएकाले जतिबेला पनि नाचिरहनुपर्छ । त्यसैले मेरो चाहिँ नाचेरै शरीर फिट हुन्छ ।
गम्भीर विष्ट, कोरियोग्राफर
नियमित व्यायाम र खानपिनमा ध्यान दिने हो भने शरीर फिट हुन्छ भन्ने कुरा राम्रोसँग थाहा छ तर के गर्नु आफू महाअल्छी परियो अनि मीठो देखे मुख रसाइहाल्ने बानी, त्यसैले शरीरलाई फिट राख्न सकिएको छैन ।
रमेशराज भट्टराई, गायक
खानेकुरामा कन्ट्रोल गर्छु । राति हेभी र चिल्लो खाना कहिल्यै खान्नँ । यसरी नै आफ्नो शरीरलाई सन्तुलनमा राखेको छु ।
कवीर खड्का, अभिनेता
म जहिले बिहान ६ बजे उठ्छु । त्यसपछि सामान्य एक्ससाइज गर्छु अनि एक कप ग्रिन टी र केही फलफूल खान्छु । त्यसपछि ८ बजेपछि आफ्नो नियमित काममा लाग्छु भने १२ बजे थोरै प्रोटिनयुक्त खाना तथा हरियो सागपात खान्छु । साँझ ६ बजेदेखि ८ बजेसम्म नियमित रूपमा जिम गर्दै आएको छु । बेलुका ९ बजे डिनर गरेर ११ बजे सुत्छु । यसो गर्दा आफ्नो शरीर फिट रहेको महसुस भएको छ ।
विक्रान्त मेहेता, चिकित्सक तथा गायक
म आफ्नो शरीर फिट राख्न नियमित मर्निङ वाक र डान्स गर्छु भने खानेकुरामा पनि त्यत्तिकै ध्यान दिन्छु ।
मनीषा सापकोटा, मोडल
बिहान सधैंजसो हिड्न मन पराउँछु । जतिसुकै व्यस्त भए पनि फिटनेस सेन्टर पुगिहाल्छु । केही समय अघिमात्र पनि म कपनबाट हिँडेर मेरी आमाको घर फर्पिङ पुगेकी थिएँ । - अञ्जु पन्त, गायिका
यो प्रश्नले मलाई नै व्यङ्ग्य गरेजस्तो लाग्यो । किनभने मैले अहिलेसम्म शरीरका लागि केही गर्न भ्याएको छैन । बरु, साप्ताहिकमा प्रकाशित हुने हेल्थ टिप्सहरू फलो गरिरहेको हुन्छु । -प्रकाश सपूत, गायक
बिहान उठ्नेबित्तिकै एक गिलास तातो पानी पिउँछु, त्यसपछि एक घण्टाजति एक्सरसाइज गर्छु ।
देविका वन्दना, गायिका
म शरीरलाई फिट राख्न खासै त्यस्तो केही गर्दिनँ, खानपिनमा भने ध्यान पुर्याउँछु ।
पूजन घिमिरे, मोडल
शरीरलाई फिट राख्न चाहनेहरूले खानपिनमा ध्यान दिनुका साथै तनावबाट मुक्त हुन जरुरी छ । त्यसैले पनि यही कुरालाई फलो गर्छु ।
आशिष सचिन, गायक
म डान्स क्लास जान्छु । डान्स क्लासमा अलि धेरै एक्सरसाइज हुने भएकाले फिट भएको महसुस हुन्छ ।
टंक तिमिल्सिना, गायक
धेरै जसो सुटिङमै व्यस्त हुने भएकाले खासै फुर्सद हुँदैन तैपनि समय निकालेर जिम चाहिँ जान्छु भने स्वस्थकर खानेकुरा खान्छु ।
अजय रेग्मी, छायाँकार
म आफ्नो शरीरलाई फिट राख्न स्वस्थकर खानेकुरा खान्छु, प्रशस्त पानी पिउँछु, सकारात्मक सोंच्छु अनि नियमित व्यायाम गर्छु ।
बाबु बोगटी, गायक
आफ्नो शरीरलाई फिट राख्न धेरैजसो डान्स गर्छु भने फुर्सदमा जिम जान्छु ।
एलिशा राई, मोडल
शरीरलाई फिट राख्न हरेकदिन बिहान घरमै सामान्य एक्सरसाइज गर्छु । पानी एकदमै बढी पिउँछु । म भेजिटेरियन हुँ र चिल्ला खानेकुुरा त्यति खाँदिनँ ।
पुजन थापा, मोडल
नियमित मर्निङ वाक जान्छु । शाकाहारी खानामा अलि बढी जोड दिन्छु भने चिल्लो पदार्थ निकै कम खान्छु । म योगसमेत गर्छु ।
राजेश बर्देवा, गायक
थाहा पाएरै प्रश्न गरेजस्तो लाग्यो, किनभने मैले आफ्नो शरीरलाई फिट राख्न सकिरहेकी छैन । शरीरलाई पनि ध्यान दिनुपर्छ भन्ने कुरा सोचिरहेकी छु । नियमित एक्सरसाइज नगरे पनि खानपिनमा भने एकदमै ध्यान दिँदै आएकी छु । प्रशस्त पानी पिउँछु । अहिले चाहिँ बाहिरी सुन्दरताको भन्दा भित्री स्वास्थ्यको बढी केयर गरिरहेकी छु ।
आस्था राउत, गायिका