साप्ताहिक संवाददाता
माघ २१, २०७५
काठमाण्डौं
काठमाण्डौं : लोक गायक बिमलराज क्षेत्री र अन्जु पन्तको स्वरमा सजिएको लोक गित ‘बुट्टे रुमाल’ ट्रेन्डिङ प्रवेश गरेको छ । अहिले यो गितको भिडियो ट्रेन्डिङ ३६ मा छ । भिडियोलाई यो समाचार तयार हुँदासम्म २ लाख २७ हजारले हेरेका छन् ।
चर्चित सर्जक एकनारायण भण्डारीको शव्द तथा संगीतमा निर्माण भएको उक्त गित शुक्रवार युट्युबबाट सार्वजनिक गरिएको थियो । सुपारी चाम्रो–२ मा समावेस भएको उक्त गितको भिडियोमा प्रियंका कार्की र गम्भिर विष्टको अभिनय छ ।
ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई गम्भिर विष्टलेनै निर्देशन गरेका हुन् भने नविन निरौलाले सम्पादन गरेका छन् ।
रुमाल चिनो दिने प्रेमीप्रमिकाको पुरानो चलनलाई गीतमा पस्किएको छ । गीतकार भण्डारीकै संगीत रहेको यो गीतमा लोकलय र आधुनिक संगीतको फ्युजन गरिएको छ ।
हेर्नुस् गीतको भिडियो