साप्ताहिक संवाददाता
माघ २२, २०७५
गायिका लसता जोशीले झण्डै आठ वर्षपछि दर्शक तथा स्रोतामाझ आउने निर्णय गरेकी छिन् । पछिल्ला आठ वर्ष उनले भारतको नयाँ दिल्लीमा बिताइन् । भारतमा रहँदा उनले त्यहाँकै ब्यान्डसँग आबद्ध रहेर सांगीतिक कार्यक्रमहरूमा प्रस्तुति दिइन् । त्यसक्रममा उनले भारतीय गायकहरू कुमार सानु, बिनोद राठौर, अभिजित आदिसँग थुप्रै स्टेज कार्यक्रममा युगल गीत गाइन् ।
आठ वर्षपछि लसता स्वदेश फर्किएकी छिन् । यसपटक उनले आफ्नै संगीत निर्देशन तथा स्वरमा एउटा रोमान्टिक गीत रेकर्ड गराएकी छिन् । ‘मिठो मिठो साथ...’ शीर्षकको उक्त गीतको भिडियो यसै साता छायांकन गरिएको छ, जुन भ्यालेन्टाइन डेको अवसरमा सार्वजनिक हुँदैछ । गायिका जोशी अब भने स्वदेशमै बसेर संगीतकर्ममा सक्रिय हुने योजना बनाएकी छिन् ।