साप्ताहिक संवाददाता
माघ २२, २०७५
डेन्भरकी ४९ वर्षीया पास्काला सेलिकले चाँडै नै तन्ना र सिरकसँग विवाह गर्ने योजना बनाएकी छिन् । उनले जीवनमा सबैभन्दा आत्मियता तन्ना र सिरकबाटै पाएको बताएकी छिन् ।
कलाकार पास्केला भन्छिन्– मैले जीवनमा सबैभन्दा लामो समय, बलियो र घनिष्ठ सम्बन्ध कसैसँग राखेकी छु भने तन्ना र सिरकसँगै राखेकी छु ।
मलाई राम्रोसँग थाहा छ, यिनीहरूले मलाई कहिल्यै धोका दिँदैनन् । त्यही भएर म यो आत्मीय प्रेमलाई विवाहमा परिणत गर्न चाहन्छु ।