साप्ताहिक संवाददाता
माघ २२, २०७५
मध्य इटालीको पहाडी क्षेत्रमा अवस्थित ओलोलाई सहरको घट्दो जनसंख्यालाई दृष्टिगत गरी त्यहाँ मानिसको बसोबास बढाउन सहरका मेयरले त्यहाँ बस्न चाहने कुनै पनि परिवारका लागि तीन वर्षसम्म वार्षिक १० हजार डलर उपलब्ध गराउने घोषणा गरेका छन् ।
त्यस्तो परिवारलाई उनीहरूका सन्तान हुर्काउन उक्त शिशु वयस्क नभएसम्म थप १ हजार डलर प्रतिवर्ष दिने घोषणा गरिएको छ । यस्तो परिवारले त्यहाँको स्थानीय सरकारबाट विजुली, पानी, ग्याँसजस्ता सुविधा पनि नि:शुल्क प्राप्त गर्नेछन् ।
त्यतिमात्र होइन, उक्त सहरमा बसोबास गर्न चाहने परिवारले नाममात्रको मुल्य अर्थात डेढ सयदेखि २ सय रुपैयाँसम्ममा आफूलाई पायक पर्ने घरसमेत किन्न सक्नेछन् ।