साप्ताहिक संवाददाता
माघ २२, २०७५
क्यारेबियन राष्ट्रहरूमा क्रिकेट वा अन्य खेल हेर्दा गर्मीका कारण दर्शकलाई निकै समस्या हुन्छ । यही कुरालाई मध्यनजर गरी केसिङ्गन ओभल स्टेडियममा खेल हेर्दै पुलमा डुबुल्की लगाउन सकिने व्यवस्था मिलाइएको छ । उक्त स्टेडियम बारबाडोसको ब्रिजटाउनमा छ ।
केसिङ्गन स्टेडियममा डेक कुर्सीका साथै घाममा बस्ने समेत व्यवस्था छ । दर्शकहरूले डेक, कुर्सी वा घाममध्ये कुनै पनि विकल्प रोज्न सक्छन् । त्यहाँ खेलाडीहरूले समेत उक्त सुविधा उपभोग गर्न सक्ने बताइएको छ ।