साप्ताहिक संवाददाता
माघ २३, २०७५
सैफअली खानकी छोरी सारा अली खान अहिले मिडियामा खुबै छाइरहेकी छिन् । दिनहुँजसो विभिन्न मिडियामा आएसँगै उनका बुबा सैफ अली खानले मुख खोलेका छन् ।
सैफले छोरी सारालाई मिडियामा कम आउन सुझाव दिएका छन्, तर सारालाई दबाब नदिएको उनले बताएका छन् ।
स्वतन्त्र हिसाबले काम गर, तर मिडियामा अलिकति कम आउने प्रयास गर, सैफ निकट स्रोत भन्छ, ‘दुई चलचित्रमा काम गर्न नपाउँदै सारा मिडियामा निकै कभरेज भइन्, उनलाई केही रिजर्भ रहन सैफले सुझाव मात्र दिएका हुन्, छोरीलाई कुनै दबाब दिएका छैनन् ।’
सैफले मिडियामा धेरै आउँदा कुनै फाइदा नहुने जानकारी सारालाई गराएको बताइएको छ ।