पाँचवर्षको लिभिङ टुगेदरपछि
अदालतमा विहे दर्ता गर्नेछन्
पार्टि प्यालेसमा दुइचार फन्को डिस्को नाचेपछि
दारुमा डुवेको दुइ चार सेल्फी सञ्जालमा टाँसेपछि
विहे सम्पन्न हुनेछ
जुन दिन फुर्सद, त्यहि दिन लगन
चिना जुराउनु पर्ने छैन
बाजा घन्काउनु पर्ने छैन
सम्धेरो लाइने छैन
फुपुसारो चाहिने छैन
शिरमा सिन्दुर भर्ने छैन
जग्य सरजम जुटाउने छैनन्
सालीले जुत्ता लुकाउने छैनन्
न जन्ती, न लोकन्नती
पर्ने छैन सात फन्को घुम्न
आफन्तको अगाडि वेहुला–वेहुलीले टङ किस गरेपछि विहे सकिनेछ
संस्कृतीमाथी हुदंैछ सभ्यताको जित
लौं आउँदैछ है जमाना आधुनिक
दुईवर्षपछि लाग्नेछ बच्चाको रहर
गर्ने छैनन् आफैले पेट बोक्ने कहर
हस्पिटलमै बच्चा उत्पादन गर्ने हुनेछ ठहर
किनकी दुवै बिजी छन् खुबै
हस्पीटल गएर श्रीमती दश बजे डिम्व छोड्ने छिन्
दुईबजे गएर श्रीमान शुक्रकिट छोड्नेछ त्यहि दिन
दुबै छुट्टाछट्टै जाने रहर त हैन
तर के गर्नु संगै जान टाईमनै छैन
डाक्टरले शिशाको भाडाको पेट बनाएर
डिम्व र शुक्रकिटको भेट गराएर
सफल हुनेछ गर्भदान
नौ महिनापछि हुनेछ जन्मदान
वट्टाको दुध चुस्दै गर्दा
बाउआमा हस्पिटल छिर्नेछन्
लागेको खर्च आधा आधा तिर्नेछन् ।
लिटिल चाईल्ड केयर सेन्टरमा बच्चा छोडेर फिर्नेछन्
यो झन्झटको युग होइन युग हो वैज्ञानिक
लौ आउँदैछ जमाना आधुनिक
सानो निहुँमा डिभोर्स गर्नेछन् बच्चा पुगेपछि दुइवर्ष
सहमती हुन्छ आधा आधा तिर्न बच्चाको खर्च
चाइल्ड केयरको एकाउन्टमा पैसा हालिदिन्छन्
भेट्न जाने त फुर्सद छैन
लखेटी रहेछ घडिको टिक टिक
लौ आउँदैछ है जमाना आधुनिक
बा लाई घोडा बनाएर चढ्न नपाई
आमाको कोखाई कोखाई सुन्दै दुई गास नखाई
लोहोरी दोहोरी सुन्दै ननिदाई
न हजुरआमाको तेते, न हजुर बाको ताते
न त मामाको काँधमा चढेको छ
मान्छे बन्ने डिम्व र शुक्रकिट मिलेर भन्ने मात्र पढेको छ
जव उमेर पुग्छ
नागरिकताको फारम भर्ने साईट खोल्छ
आमा र बाबाको नाम भर्ने खाली कोठा देख्नेछ
र उसले डिम्व र शुक्रकिट लेख्नेछ ।
(एकनारायण भण्डारी नेपालका चर्चित गितकार हुन् )