साप्ताहिक संवाददाता
एभरेष्ट इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडको आयोजनामा ‘एभरेष्ट इन्टरनेशनल फिल्म एवार्ड २०१९’ हुने भएको छ । उक्त एवार्ड आगामी जुनमा हुने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ ।
एवार्डमा २० विधामा पपुलर एवार्ड प्रदान गरिने भएको छ । सन् २०१८ मा प्रदर्शन भएका नेपाली चलचित्र एवार्डमा सहभागी हुन पाउनेछन् । त्यसमध्ये तिन विधामा आदिवासी चलचित्रलाई एवार्ड दिइनेछ । एक चलचित्रकर्मीलाई लाइफ टाइम एचिभमेन्टद्वारा सम्मान पनि गरिनेछ ।
हङकङको वानचाई स्थित ‘क्विन एलिजावेथ स्टेडियम हल’ मा हुने एवार्डका लागी नेपालवाट ८० जनाको टिम जाने तयारी छ । एभरेष्ट फिल्म एकेडेमीका चेयरम्यान सुनिल थापाले भने, ‘यो एवार्डले नेपाली चलचित्रलाई विदेशमा समेत प्रचार–प्रसार गर्ने अपेक्षा राखेका छौं ।’ उनले आगामी मार्चमा नोमिनेशन सर्वजनिक कार्यक्रममा एवार्ड हुने मिति पनि सार्वजनिक गरिने बताए ।
एभरेष्ट इन्टरटेनमेन्टले हङकङको सम्पूर्ण व्यवस्था हेर्नेछ भने नेपालमा संगीक्षा फिल्म्स प्रालिको तर्फबाट अध्यक्ष मनोज केसीले एवार्ड कार्यक्रम संयोजन गर्नेछन् ।
कार्यक्रमको सम्पुर्ण खर्च आयोजकले व्योहोर्ने समेत बताइएको छ ।