साप्ताहिक संवाददाता
माघ २५, २०७५
द होन्डा नेपाल ड्रिम कपले नेपालमा पहिलो पटक मोटरसाइकल च्याम्पियनसिपको आयोजना गर्दैछ । यसको मुख्य उद्देश्य सडक दुर्घटना कम गर्न जनचेतना जगाउनु हो ।
यसमा राइडर्सहरूले कसरी सुरक्षित रूपमा बाइक चलाउने भन्ने ज्ञान बटुल्न सक्छन् । यो च्याम्पियनसिपका विजेताले होन्डा इन्डिया ड्रिम कपमा सहभागिता जनाउन पाउनेछन् । यो प्रतिस्पर्धा आज र भोलि गरेर २ दिन सञ्चालन हुनेछ ।
स्थान : स्याकार सेफ्टी राइडिङ ट्रेनिङ सेन्टर, ग्वार्को
रजिस्ट्रेसन : ३ हजार रुपैयाँ (व्यक्तिगत) तथा ५ हजार रुपैयाँ (सामूहिक)