साप्ताहिक संवाददाता
हरेक चाईनिज नया बर्षमा आयोजना गरिने युङ्लोङ कपको पाँचौ संस्करण सकिएको छ । युङ्लोङ नेपाली फुटबल क्लव र नेप युनाइटेट फुटबल क्लबको सक्रियतामा आयोजना भएको प्रतियोगितामा १९ नेपाली टिमहरुको सहभागिता थियो ।
फाईनल खेलमा युङ्लोङ क्लबले एस फुटबल क्लबलाई १ /० ले हराउँदै ट्रफि, मेडलसहित नगद् २० हजार १९ हङकङ डलर जित्यो । उपविजेता टिमलाई मेडलसहित नगद १० हजार १९ हङकङ डलर प्रदान गरियो ।
हरेक बर्ष फुटबल खेलको आयोजनासँगै नेपाली फुटबलमा निरन्तर योगदान दिईरहेका राष्ट्रिय खेलाडीहरुलाई सम्मान गर्ने युङ्लोङ नेपाली फुटबल क्लवले यो बर्ष नेपाली राष्ट्रिय फुटबल टिमका क्याप्टेन विराज महर्जनलाई सम्मान गरेको छ । सम्मानपछि महर्जनले आफ्नो देशभन्दा टाढा रहेर पनि खेल र देशप्रति देखाएको सम्मानले उर्जा मिलेको बताए ।
सम्पन्न प्रतियोगितामा एनआरएनए हङकङ र ट्राभल लाईटले विशेष सहयोग गरेका थिए ।
फुटबल खेलसँगै सामाजिक कार्यमा पनि अग्रसर बनिरहेको आयोजक टिमले गतबर्ष मात्र नेपाल हेल्थ केयर ईक्युमेन्ट डिभलपमेन्ट फाउण्डेशनलाई नगद् दुईलाख पचास हजार सहयोग गरेको थियो ।