साप्ताहिक संवाददाता
चलचित्र ‘जानी नजानी’को गीतमा कभर भिडियो प्रतियोगिताको घोषणा गरिएको छ । चैत १ गतेदेखि प्रदर्शनमा आउने यो चलचित्रको ’एउटीलाई मुटुमा घर’बोलको गीतमा प्रतियोगिता घोषणा भएको हो । अम्बिका शर्माको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको गीतमा अर्जुनकै स्वर छ । गीतमा अर्जुनसँगै गायिका दुर्गा खरेलले स्वर दिएकी छिन् ।
गीतको भिडियोमा मनिष श्रेष्ठ र सुमी मोक्तान फिचर्ड छिन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा नव–अभिनेत्री निरिशा बस्नेत पनि देखिएकी छिन् । कभर भिडियो एक मिनटको हु्नुपर्ने निर्माण टिमले जनाएको छ । विजेताले उपहारमा टिभी प्राप्त गर्ने निर्देशक बसन्त अधिकारीले बताए ।
उनले भने ‘प्रथम हुनेले स्मार्ट टिभी, दोश्रो हुनेले साउन्ड सिस्टम, तेश्रो हुने २ जनाले कार्टुन क्रुसँग तीन महिना नृत्य प्रशिक्षण र चौथो हुनेले कान्तिपुर फिल्म एकेडेमीमा एक वर्षको फिल्म डिप्लोमा कोर्स गर्न पाउने छन् ।’ प्रतियोगिताको निर्णायक नृत्य निर्देशक एवम् अभिनेता नरेशवीर कंशकार रहनेछन् । चलचित्रमा मनिष र निरिशासँगै सन्नी सिंह, नम्रता श्रेष्ठ प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन , रोशनी केसीलगायतको अभिनय छ ।
आधुनिक प्रेम कथामा आधारित चलचित्रको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । चलचित्रमा संजय लामाको छायााकन, कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन, रेनिश फागोको रंग संयोजन रहेको छ ।