साप्ताहिक संवाददाता
माघ २६, २०७५
शंकर अधिकारी ‘घायल’ को लेखन निर्देशन रहेको चलचित्र ‘लभ जोन’ को टिजर सार्वजनिक भएको छ ।
बिजी बर्मा फिल्म्सको प्रस्तुरहेको चलचित्रको प्रदर्शन मिति भने तोकिएको छैन ।
चलचित्रमा राजन महर्जन, बिक्रम कार्की, प्रेरणा बोहोरा, कुमार कार्की, शर्मिला भुजेल लगायतको अभिनय रहेको छ ।
चलचित्रमा बाबुल गिरीको संगीत, नित्याशिवा, बाबुल गिरी र शम्भु रैकाको आवाज रहेको छ भने सम्पादन बिश्वाश भण्डारीले गरेका छन् ।
चलचित्रको टिजर :