साप्ताहिक संवाददाता
गार्डेन अफ ड्रिम्स, त्रिदेवी सडक, ठमेल
गार्डेन अफ ड्रिम्स अर्थात स्वप्न बगैंचाको सुन्दर परिवेशले कसलाई पो नलोभ्याउला र ? तत्कालीन नेपाली सेनाका फिल्ड मार्सल केशरशमशेर जबराले युरोप भ्रमणका बेला बेलायतका राजा किङ एडवार्ड सातौं को बगैंचा अवलोकन गरेर फर्किएपछि सन् १९२० मा नेपालमा पनि त्यस्तै बगैंचा निर्माण गराएका थिए । ऐतिहासिक तथा शास्त्रीय शैलीको यो बगैंचा वास्तुविद् किशोरनरसिंह राणाले डिजायन गरेका हुन् । यहाँ ६ वटा ऋतुका नामबाट तयार पारिएका सदनहरूका साथै युरोपेली शैलीका बरण्डा छन् । यो ठाउँ प्रेम जोडीका लागि मात्र नभई परिवारसहित घुम्न समेत उपयुक्त छ ।
बुँइगल लाउन्ज, मैतीदेवी
सहरमा शान्त, क्याफे, रेस्टुराँ पाउन मुस्किल हुन्छ । एकछिन समय बिताउँन रेस्टुराँको खोजी गर्दा भने जस्तो रेस्टुराँ फेला पार्न त्यति सहज छैन । मैतीदेवीमार्गस्थित बुँइगल लाउन्ज भने कोलाहलबीच शान्त छ । यहाँ पुग्ने जो कोहीलाई खोजेजस्तो रेस्टुराँ भेटिएको महसुस हुनेछ । एपिटाइज योर टेस्ट बड नारा बोकेको बुँइगलको मेनुमा इटालियन चप्सी, कन्टिनेन्टल सिजलर, चाइनिज सुप, इन्डियन बिरयानी आदि परिकार उपलब्ध छन् । २८ आना जग्गामा फैलिएको यो रेस्टुराँभित्र हल, लबी, लाउन्ज, कफी गार्डन आदि समेटिएका छन् ।
अगेनो, धोबीघाट
चिडियाखानाबाट अलि अगाडि मोडिएपछि पुगिन्छ, अगेनो– द हेस्टिया । ठूलो क्षेत्रफलमा फैलिएको अगेनोमा बुँइगल, बार्दली, रमझम, जम्काभेट, विश्राम कक्ष, बैठक कक्ष नामका कोठा तथा लबीहरू छन् । यहाँको शान्त र सुन्दर वातावरणले सबैलाई लोभ्याउँछ । अपांग एवं बालमैत्री अवधारणामा डिजाइन गरिएको अगेनोमा इन्डियन तथा कन्टिनेन्टल परिकार समेत उपलब्ध हुन्छन् । यहाँ नेपालीपनको झ–झल्को पाइन्छ ।
कफी पसल, जावलाखेल
एक पटकमा ५० जना अटाउँन सक्ने कफी पसल । गत मंसिरदेखि सञ्चालनमा आएको हो । यहाँ भ्यालेन्टाइन डेका लागि स्पेशल प्यान केक तयार गरिएको छ भने यो क्याफेलाई विशेष रूपमा सजाइएको छ । कफीका बिभिन्न २० प्रकारका भेराइटी उपलब्ध हुने कफी पसलमा सञ्चालक रमेश श्रेष्ठले
साढे ९ वर्ष अस्ट्ेरलिया बसेको अनुभव प्रयोग गरेका छन् । यो क्याफे जोडीहरूका लागी स्पेशल रहेको बताउँछन् उनी ।
एलिस रेस्टुराँ, गैरीधारा
गैरीधारास्थित शान इन्टरनेसनल कलेजको ठीकविपरीत स्थानमा छ– एलिस रेस्टुराँ । ठूलो क्षेत्रफलमा फैलिएको, शान्त क्षेत्र र बस्नका लागी आरामदायक एलिसमा मीठा परिकारहरूको स्वाद चाख्न पाइन्छ । यो जोडीहरूका लागि राम्रो रेस्टुराँ हो ।
यी पनि
इमिगो दि, नागपोखरी
क्याफे सोमा, झम्सिखेल
निर्भाना क्याफे एड रेस्टुराँ
द चिम्नी रेस्टुराँ, दरबारमार्ग,
निर्भाना क्याफे एण्ड रेस्टुराँ, विजेश्वरी
रेभुलेसन क्याफे एण्ड रेस्टुराँ, ठमेल