साप्ताहिक संवाददाता
पुरुष सौन्दर्य प्रतियोगीता मिष्टर इन्टरनेसनलको यो वर्षको संस्करणमा प्रशान्त जंग शाहले नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । २३ वर्षिय शाहले फिलिपिन्सको मनिलामा फेब्रअरी १४ देखि २४ फेब्रअरीसम्म सञ्चालन हुने उक्त प्रतियोगीतामा सहभागीता जनाउने भएका हुन् ।
फुटबल, फिटनेस र मोडलिङमा रुचि राख्ने प्रशान्तले हालै मात्र ग्रुप अफ इभेन्ट इन्टरटेनर्स जि.जि.ई.को आयोजनामा संचालन भएको म्यानहन्ट इन्टरनेसनल नेपाल २०१९ अन्तर्गत मिष्टर इन्टरनेसनल नेपाल २०१९ को अवार्ड जित्न सफल भएका थिए । प्रशान्तले मिष्टर इन्टरनेसनल २०१९ मा सहभागिता जनाउनका लागि कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता सम्बन्धी अभिमुखीकरण र ग्रुमिङ प्राप्त गरेका हुन् ।
प्रशान्तले यस अघि एन्भोग फेश अफ हाउस अफ फेसनको पााचौ संस्करणमा सेकेन्ड रनर अप स्थान हासिल गरेका थिए भने उनले एस इन्स्टिच्युट अफ म्यानेज्मेन्टबाट बैंकिङ एण्ड एन्सुरेन्समा ग्राजुएट गरेका छन् ।