साप्ताहिक संवाददाता
दुनियाँ किसीके प्यार में
स्वर : मेहन्दी हसन
दुनियाँ किसीके प्यार में जन्नत से कम नही... गजल अत्यन्त रोमान्टिक छ । मेहन्दी हसनको स्वरको यो गजल आज पनि उत्तिकै कर्णप्रिय मानिन्छ ।
मेरे प्यार कि उम्र हो इतनी सनम
स्वर : लता मंगेशकर तथा मनमोहन सिंह
संगीत : उत्तम–जगदिश
हिन्दी चलचित्र वारिसको यो रोमान्टिक गीतमा अभिनेता राज बब्बर तथा अमृता सिंहले अभिनय गरेका छन् । रोमान्टिक हिन्दी गीतको अग्रपंक्तिमा आउने यो गीत गीत–गजल रेस्टुराँमा पनि उत्तिकै रुचाइन्छ ।
पल पल दिलके पास
स्वर : किशोर कुमार
संगीत : कल्याणजी–आनन्दजी
हिन्दी चलचित्र ब्ल्याकमेलको यो गीतमा धर्मेन्द्र तथा राखीले अभिनय गरेका छन् । युट्युबमा झन्डै ४ करोड पटक हेरिएको यो गीतको शब्द नै रोमान्टिक छ ।
तु मेरे सामने है
स्वर : मोहम्मद रफी
संगीत : मदन मोहन
सन् १९६४ मा प्रदर्शनमा आएको हिन्दी चलचित्र सुहागनमा समाविष्ट गरिएको यो गीतमा गुरु दत्त तथा माला सिन्हाले अभिनय गरेका छन् ।
मेरा दिल भि कितना पागल है
स्वर : कुमार सानु
संगीत : नदीम–श्रवण
हिन्दी चलचित्र साजनमा समावेश यो गीतमा सञ्जय दत्त तथा माधुरी दिक्षितले अभिनय गरेका छन् । युट्युुबमा २ करोडभन्दा बढी पटक हेरिएको यो गीतका रिमेक भर्सन पनि उत्तिकै लोकप्रिय छन् ।
आज जानेकी जिद ना करो
स्वर : फरीदा खानुम
यो पुरानो हिन्दी गजल पनि निकै रोमान्टिक छ । यो गजलको लिरिकल भिडियोले युट्युबमा राम्रो भ्युज पाएको छ ।
चुरा लिया है तुमने जो दिलको
स्वर : आशा भोसले तथा मोहम्मद रफी
संगीत : आरडी बर्मन
हिन्दी चलचित्र ‘यादों कि बारात’ को यो गीतलाई सदावहार मान्नेहरू प्रशस्तै छन् । जीनत अमान तथा विजय अरोराले अभिनय गरेको यो गीतका रिमिक्स भर्सनहरू पनि उत्तिकै लोकप्रिय छन् ।
कभी मैं कहूँ
स्वर : हरिहरण तथा लता मंगेशकर
संगीत : शिव–हरि
हिन्दी चलचित्र लम्हेमा समावेश ‘कभी मैं कहूँ’ प्रमुख रोमान्टिक हिन्दी गीतमध्येको एक हो । उक्त गीतमा श्रीदेवी तथा अनिल कपुरले अभिनय गरेका छन् ।
ए अजनवी आवाज दे
स्वर : उदितनारायण झा
संगीत : एआर रहमान
हिन्दी चलचित्र दिल सेको यो गीतमा मनीषा कोइराला तथा शाहरूख खानले अभिनय गरेका छन् । उदितनारायण झाका हजारौं गीतमध्ये यो एउटा उत्कृष्ट रोमान्टिक गीत हो ।