साप्ताहिक संवाददाता
माघ २८, २०७५
काठमाडौं
मैच्याङ नामक एल्वममा समावेश गीत ‘नहेर म तिर’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । युट्युवबाट सार्वजनिक गीतको अधिकांस भाग नेपालको रमणीय पर्यटकिय स्थल मनाङमा खिचिएको हो ।
त्यहाँको सुन्दरतालाई उठान गर्न खोजिएको भिडियो चलचित्रमा जस्तै संवाद राखेर थप आकर्षक बनाउने प्रयास गरिएको छ ।
ईश्वर मागियाको स्वर तथा कम्पोजमा निर्माण भएको गीतको भिडियोमा निरन्जली लामा र भिमफेदी गाइज लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । पवन सुस्लीङले खिचेको भिडियोलाई निर्मल लामाले निर्देशन गरेका हुन् ।