हङकङ स्थित याउमा रहेको तेई कम्युनिटी हलमा तनहुँ बाराही साँझको ५औ संस्करण सम्पन्न भएको छ । दृष्टिविहिन तथा सुस्त श्रवण विद्यार्थीहरुको सहयोगार्थ आयोजना गरिएको कार्यक्रममा नेपालबाट आएका दर्जनबढि कलाकारहरुको प्रस्तुती समेटिएको थियो ।
पहिलोपटक हङकङ आएका गायक पुष्पन प्रधान कार्यक्रमका प्रमुख आर्कषक थिए । गायक प्रधानले आमाको महिमामय गाथालाई शब्द र स्वरमा एकसाथ प्रस्तुती दिएपछि वातावरण भावुक वन्न पुग्यो । त्यसपछि उनले प्रस्तुत गरेको पन्छी बोलको गीतले दर्शकको खुबै तारिफ पायो । नेपाल आईडलको टप ७ प्रतिस्पर्धी निलिमा थापा मगर र नेपालकै पहिलो डान्स रियालिटी शो वुगीवुगीकी फस्ट रनरअप प्रगती पुन मगरको धमकेदार प्रस्तुतीले कार्यक्रम रोमान्चक वनेको थियो ।
कार्यक्रममा गायक पवन राना मगर, गगन गुरुङ्, काजल गुरुङ् मोडल तथा डान्सर सरिस्मा मगरको प्रस्तुतीले दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गऱ्यो । हङ्कङकै स्थानिय प्रतिभाहरुद्धारा मञ्चन गरिएको हङकङको परिवेश शिर्षकको प्रहसनले खुवै तारिफ पायो ।
आधुनिकतासँगै मौलाउँदै गएको एक्लोपन र पारिवारिक विखण्डको समयस्यालाई प्रहशसनमा प्रस्तुत गरिएको थियो । तनहुँ समाज हङकङको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानिय हर्षित आलेसँगै स–साना बालबालिकाहरुका नृत्यले कार्यक्रम रोचक बनको थियो ।