साप्ताहिक संवाददाता
आगामी चैत्र २९ मा प्रदर्शन हुने चलचित्र ‘यात्रा : अ म्युजिकल भ्लग’ को ट्राभल गीत सार्वजनिक गरिएको छ । यात्राको क्रममा आउने आरोह अवरोहलाई देखाइएको गीतको भिडियो आकर्षक वनेको छ ।
ट्राभल गीतलाई काठमान्डूबाट सोलुखुम्बुसम्मको यात्रालाई देखाइएको छ । गितमा अधिकांस कलाकार अटाएका छन् । धर्मेन्ऽ सेवान, मेलिना राई , प्रेक्षा बज्राचार्य र उपकार पाण्डेको स्वर रहेको गितको शब्द र संगीत प्रतिक पौडेलले रचना गरेका हुन ।
सम्राट शाक्यको निर्देशनमा तयार भएको चलचित्रलाई केशव भट्टराईले निर्माण गरेका हुन् ।
चलचित्रमा सलिनसँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्तखनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहनेछ ।
यसैचलचित्र मार्फत मल्लिका महतले डेब्यु गर्दैछिन् भने विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय देख्न सकिनेछ ।
केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको चलचित्रमा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह– निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।