साप्ताहिक संवाददाता
नवीन निरौलाले निर्देशन गरेको चलचित्र फिङ्गर प्रिन्टको ट्रेलर सार्वजनीक गरिएको छ । नवीनकै लेखन र सम्पादन रहेको यो चलचित्र फागुन १० गतेबाट अल नेपाल प्रदर्शनको प्रचारमा छ ।
कामना फिल्मस्को ब्यानरमा अनिल श्रेष्ठ (रोमन) ले निर्माण गरेको चलचित्रमा दीपक त्रिपाठी, सरिता लामिछाने, राज क्षितिज, रमेश बुढाथोकी, आयुष्मा कार्की, आनन्द पुन, शंकर आचार्य, अनुरुप पोखरेल, सुवास कार्की, जेसिका भुसाललगायतका कलाकारले अभिनय गरेका छन् ।
शंकर आचार्य र अनिल श्रेष्ठ सह–निर्माता रहेको चलचित्र मेडिकल साइन्सको बिषयमा निर्माण गरिएको निर्देशक निरौलाको भनाई छ । चलचित्रमा दयाराम पाण्डेको गीत, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
सुमन तण्डुकार र राहुल राईले खिचेको चलचित्रमा फिङ्गर प्रिन्टको दुरुपयोगले बिश्वमा हुन सक्ने अपराधलगायतका बिषय प्रस्तुत गरिएको छ ।