साप्ताहिक संवाददाता
थुप्रै म्युजिक भिडियोमा सफल सम्पादन तथा निर्देशन गरेका निसान घिमिरे ‘कस्यप’ले चलचित्र निर्देशनमा डेब्यु गरेका छन् । उनको निर्देशनमा बन्न लागेको पहिलो चलचित्र ‘परी’को यसै साता औपचारिक घोषणा गरिएको छ ।
यो चलचित्रमा कलाकार बिपिन कार्की र श्रृष्टी खड्काले जोडीका रुपमा स्क्रिन शेयर गर्ने छन् । खड्का यसै चलचित्र मार्फत रंगीत नगरीमा डेब्यू गर्दै छिन् । रुपेश मान अमात्यले निर्माण गर्न लागेको यो चलचित्रमा विपिन र श्रृष्टीका साथमा अरु को को देखिने छन् त्यो भने खुलाईएको छैन् ।
आगामी वैशाख देखी फ्लोरमा जाने यो चलचित्र ७६ को मध्य तिर प्रदर्शनमा ल्याउने तयारी रहेको चलचित्रको औपचारिक घोषणा कार्यक्रममा उल्लेख गरिएको छ । पछिल्लो केही समय यता भिडियो निर्देशनमा समेत अब्बल ठहरिएका कस्यपका प्रत्येक भिडियो फरक कन्सेप्टमा निर्माण भएका हुन्छन् । यहि सफलता र हालसम्मको अनुभवलाई ध्यानमा राख्दै चलचित्र निर्देशनमा होमिएको उनले बताएका छन् ।