साप्ताहिक संवाददाता
यो वर्षको भ्यालेन्टाइन डेमा अभिनेत्री प्रियंका कार्कीको नृत्य सहितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीत गायक आशिष सचिनले गाएका हुन् । ‘रोमान्टिक छु...’ बोलको उक्त गीतमा सचिनलाई गायनमा गायिका अन्जु पन्तले साथ दिएकी छिन् ।
नृपेश उप्रेतीले लेखेको उक्त गीतमा अर्जुन पोख्रेलले संगीत भरेका छन् । गीतमा महाराज थापाको संगीत संयोजन रहेको छ । एसजे क्रिएसनका लागि सुव्रत राज आचार्यले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा प्रियंका कार्कीसँगै बिजु पार्की तथा गायक आशिष सचिनले आकर्षक नृत्य गरेका छन् । बिजु पार्की भारतीय मोडल हुन् ।
भिडियोमा गम्भिर विष्टको कोरियोग्राफी छ । उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन् । सम्पादक रेग्मीले भिडियोमा कलर करेक्सन पनि गरेका छन् । आरोही गौतम प्रस्तुतकर्ता रहेको भिडियोमा अवधारणा जया शर्माले तयार पारेकी हुन् ।
रोमान्टिक छुँको म्यूजिक भिडियो :