साप्ताहिक संवाददाता
चलचित्र जोकर जादुगर–२ आज शुक्रबारदेखि प्रदर्शनमा आएको छ । हास्य विधाको यो चलचित्रमा नेपाली समाजका यथार्थपरक घटनालाई हास्य शैलीमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ । चलचित्रको ट्रेलरमा कलाकार महादेव त्रिपाठीले कसरी जोकर बन्नुपर्यो भन्ने कुरा देखाइएको छ । चलचित्रको ट्रेलरलाई युट्युबमा भने खासै रुचाइएको छैन । याक इन्टरटेनमेन्टको यो प्रस्तुतिमा कलाकार त्रिपाठीको निर्देशन तथा विशेष पन्तको लेखन छ ।
गणेश श्रेष्ठ, कर्णबहादुर तामाङ, केदारप्रसाद रैला, कुमार सिलवाल आदिले संयुक्त रूपमा निर्माण गरेको चलचित्र जोकर जादुगर–२ मा मधुर बस्नेतको छायांकन छ । चलचित्रमा सिम्पल खरेल, सुरेन्द्र केसी, शिव शंकर रिजाल, अञ्जु थापा, दिपेन शाह, लक्ष्मी श्रेष्ठ आदि कलाकारले समेत अभिनय गरेका छन्, जसमा सुगम पोखरेल, टंक बुढाथोकी, कमल खत्री, धु्रव बिस्को आदिको संगीत छ ।