साप्ताहिक संवाददाता
फाल्गुन ३, २०७५
प्रणय दिवसको अवसर पारेर आईजीपी शैलेन्द्र सरदको गीत सार्वजनिक भएको छ । ‘यो मन उड्यो चरा बनी आकाशमा’ बोलको गीतको म्यूजिक भिडियो समेत भिडियो सार्वजनिक भएको छ ।
शैलेन्दले लेखेको सार्वजनिक गीतमा गैरे सुरेशले संगीत दिएका छन् । सानिध्य खनाल र स्मीता दाहालद्वारा स्वरबद्ध यो गीत ‘शरद २’ एल्बममा समावेश छ । युवराज वाइबाले निर्देशन गरेको भिडियोमा श्री पाण्डे र जितेन श्रेष्ठ फिचर्ड छन् ।
आक्स इन्टरटेन्मेन्टले बजारमा ल्याएको ‘शरद २’ एल्बममा यस गीत सहित ७ वटा गीत समावेश रहेको संगीतकार गैरे सुरेशले जानकारी दिए । डेढ दशक भन्दा बढी समयदेखि सांगितिक क्षेत्रमा सक्रिय गीतकार शैलेन्द्र शरद हाल सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरिक्षक समेत हुन् ।
उड्यो मनको चरीको म्यूजिक भिडियो :