साप्ताहिक संवाददाता
फाल्गुन ३, २०७५
भोलि शनिबार हाइक फर नेपालको आयोजनामा बनेपा धनेश्वर हाइकिङको आयोजना हुँदैछ । हाइकिङमा रुचि राख्नेहरू यसमा सहभागी हुन सक्नुहुनेछ । यदि पहिलो पटक जाँदै हुनुहुन्छ भने १ हजार रुपैयाँ तिर्नुपर्नेछ । जसबापत आयोजकका तर्फबाट एउटा टिसर्ट प्राप्त हुनेछ ।
त्यही पैसामा यातायात, फस्र्ट एड किट र गाइडको सुविधा समेत उपलब्ध हुनेछ । हाइकिङमा दोहोर्याएर जाँदै हुनुहुन्छ भने ५ सय रुपैयाँ मात्र तिर्दा पुग्छ । भोलिको यो हाइकिङ ४ देखि ५ घण्टाको हुनेछ ।
भेट्ने समय : बिहान ७ बजे
गाडी छुट्ने समय : ७ : ३० बजे
भेट्ने स्थान : भृकुटीमण्डप प्रदर्शनी मार्गको गेट
बोक्नुपर्ने सामान : खाजा, पानी, रेनकोट वा छाता, हल्का जुत्ता तथा हाइकिङ स्टिक ।