साप्ताहिक संवाददाता
यसपटकको ११ औं बक्स अफिस फिल्म फेयर एवार्ड अस्ट्रेलियामा आयोजना हुने भएको छ । अस्ट्रेलियामा विगत लामो समयदेखि संचालित शैक्षिक संस्था बि.एम.डब्लु एजुकेशनल कन्सल्टेन्सीले एवार्डको आयोजना गर्न लागेको हो ।
एवार्डका लागी नेपालवाट झण्डैं ८० जना चलचित्रकर्मीको उपस्थिती रहनेछ । वरिष्ठ निर्देशक तुलसी घिमिरेको संयोजकत्वमा ९ सदस्य निर्णायक समितिले विभिन्न ३२ विधामा एवार्डको छिनोफानो लगाउँदैछ ।
२०७४ चैत्र मसान्तसम्म प्रदर्शनमा आएका ८३ चलचित्रले यो अवार्डमा प्रतिस्पर्धा गरेका छन् । लामो समयदेखी निरन्तर रुपमा आयोजना हुदै आएको उक्त अवार्ड अन्र्तगत यसअघिका संस्करण विभिन्न देशमा सम्पन्न भएका थिए ।
अन्तराष्ट्रिय बजारमा पनि नेपाली चलचित्र र कलाकर्मीको पहुँच पुर्याउने र नेपाली कला तथा संस्कृतीलाई बिश्वमाँझ फैलाउने उदेश्यअनुरुप स्थापना भएको यो संस्थाले राष्ट्रिय बक्स अफिस फिल्म फेयर एवार्ड, ग्लोबल मोसन पिक्चर्स एवार्ड, नेशनल बक्स अफिस म्यूजिक एवार्ड, ब्लकबस्टर चलचित्र एवार्ड, पृथ्वी परिक्रमा नागरिक सम्मान, नेशनल हिरो एवार्ड, बक्स अफिस च्याम्पियन कप तथा धार्मिक, सामाजिक कार्यक्रमहरू निरन्तर रूपमा आयोजना गर्दै आईरहेको छ ।
आगामी अप्रिल ७ तारिखमा सिड्नीको मराना अडोटोरियम हलमा भव्य समारोहका विच एवार्ड हुने कार्यक्रम संयोजक दिवस पोखरेलले जानकारी दिए । बि.एम.डब्लु एजुकेसनल कन्सल्टेन्सीको मुख्य प्रायोजन तथा बि.एम.डब्लु. इभेन्टको प्रस्तुतीमा हुन गैरहेको एवार्डका लागी आयोजक संस्थाका प्रबन्धक निर्देशक मणि सिलवालको अध्यक्षतामा इभेन्ट निर्देशक दिवस पोखरेलको संयोजकत्वमा सिड्नीमा करिब ६ महिनादेखि यसको तयारी सुरु गरिएको थियो । एवार्ड कार्यक्रमलाई भव्य र सभ्य बनाउनका लागी शिरिष बिक्रम थापा र अर्चना थापाले प्रमुख व्यवस्थापनको जिम्मा लिएका छन् ।
एवार्डलाई भब्य रुपमा सफल र आम दर्शकलाई भरपुर मनोरञ्जन प्रधान गर्न प्रसिद्ध र लोकप्रिय कलाकारहरूले बिजोड प्रस्तुती दिने भएको छ्न । एवार्डमा नृत्य, गायन र हाँस्य प्रस्तुतीले दर्शकलाइ भरपुर मनोरञ्जन प्रधान गर्न लोकप्रिय हांस्यकलाकार केदार घिमिरे माग्ने बुढा, बरिष्ठ संगितकार तथा गायक शम्भुजित बास्कोटा, गायक आनन्द कार्की र संगितकार गायक अर्जुन पोखरेल लगायतका कलाकारहरुले सांगीतिक प्रस्तुती दिनेछन् ।
नृत्यतर्फ अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री पुजा शर्मा, अभिनेत्री दिपिका प्रसाईं, अभिनेता धिरेन शाक्य, अभिनेत्री निता ढुंगाना, अभिनेत्री स्वेता खड्का, अभिनेता शिव श्रेष्ठ लगायतको बेजोड प्रस्तुती रहने जनाइएको छ ।
एवार्डका लागी अमेरिकाबाट अभिनेता राज बल्लभ कोइराला, जीवन लुईँटेल, सुमन सिंह, निर्देशक नारायण पुरी लगायतका कलाकार पनि उपस्थित हुनेछन् ।
एवार्डको नेपालका लागी सुरज आचार्यले संयोजन गरेका हुन् ।