साप्ताहिक संवाददाता
भ्यालेन्टाइन डेका अवसरमा साप्ताहिकको अनलाइन संस्करणमा बुलबुल चलचित्रद्वारा प्रायोजित प्रेम सन्देश प्रतियोगितामा प्राप्त केही उत्कृष्ट प्रेम सन्देशहरु:
तिमीले रेट्यौ मुटुमा चुपचाप सहिरहें,
मन नदुखेको त कहाँ हो र हाँसी–हाँसी छटपटाइरहें ।
रामप्रसाद वाग्ले
धेरै कुरा भन्न त मन थियो तर शब्दै आएन
मात्र थाहा छ– आई लभ यू ।
देवी लाल
आकाशबाट खस्ने हरेक तारामा तिमीलाई याद गर्छु, तर तिमी केवल यादमै सीमित भयौ ।
रोहन राउत
कुनै व्यक्ति मुटुको नजिक हुन्छ भने दूरीले त के नै फरक पर्छ र ?
खेम नेपाली
प्रिय, तिम्रै कारणले म आज म भएको छु
तिमी र म कहिले हामी बन्ने ?
कृष्ण सुवेदी
चाहे म असनमा हिडौं, चाहे न्युरोडमा
तिमीबिना सुनसान लाग्छ यो भीड पनि ।
कृतिका महर्जन
मानिसहरूको भीडको सागरमा मेरा आँखा जहिल्यै तिमीलाई खोज्छन् ।
प्रियंका शाही
कहिलेकाहीं मेरो आफ्नै आँखाले मेरै मुटुको ईष्र्या गर्छन् ।
किन थाहा छ ?
तिमी जहिले मुटुको नजिक हुन्छौं अनि आँखाबाट टाढा ।
सन्दीप कार्की
जब म माया भन्ने शब्द सुन्छु, तिमीलाई नै सम्झन्छु ।
अर्बिन रावल
म धेरै पटक मायामा परें अनि हरेक पटक तिमीसँगै ।
अमित श्रेष्ठ
जब तिम्रो साथमा हुन्छु, सबै दु:ख भुल्छु । के तिमी मेरो बन्छौ ?
अर्जुन पौडेल
प्रिय, मसँग कुनै शब्द छैन वर्णन गर्न मेरो माया तिम्रा लागि कति छ भनेर, किनभने यसमा कुनै सीमा छैन, म चाहन्नँ । यसमा प्रेमीको मायाको बिल्ला लगाउनलाई, किनभने यसलाई सायद म जसरी चन्द्रमाले धर्तीलाई निरन्तर शीतल छायाँ दिएर माया गरिरहन्छ र पृथ्वीको वरिपरि घुमिरहेको छ वा यो माया नदीको पानीजस्तो जो निरन्तर समुद्रतर्फ मात्र केन्द्रित छ समुद्र कहिले नसुकोस् भनेर ।
तपेन्द्र थाडा मगर
हरदिन, हररात सदासर्वदा तिमी नै मेरो इच्छा हौं । जुन इच्छा मैले आफ्नो हरेक सपनामा सजाएको थिएँ । आज पनि उही सपना सजाउन चाहन्छु । मेरो अन्तिम स्वाससम्म सजाउन पाउँm– आई लभ यू फरएभर ।
माया थामी
मसँग मुटु छ । मुटु आफूसँग छ जस्तो लाग्दैन, तिमी टाढा हुँदा । मेरो मुटुमा तिम्रो वास चाहिएको छ, मायाले संसार अडिएको हुँदा मेरो मायाको संसारमा तिम्रो खँँचो छ ।
शेस्वा लुंगा
सम्हालिन्थ्यो कि चुलबुले मन घर भएसी,
मेरो नामको पछि तिम्रो थर भएसी ।
अझै कति पर्ख भन्छौ महिना पनि वर्ष भो,
तिमीसँगै जीवन जिउने रहर भएसी ।
राजेश अधिकारी
पानी लिन धारा जाँदा पानी होइन, रित्तो भाडा बोकेर आएको त थाहै छ होला । आमाको गाली म एक्लै कति खानु, तिमी पनि बनिदेऊ न मेरो गाली खाने साथी— आई लभ यू मुसी ।
सदन पौडेल
समयले तिमीसँग नजिक्याएथ्यो कास,
मुटु भनी सम्बोधनलाई दियौ तिमीले खास,
मूल ढोकामै बसी–बसी मागेको थिएँ पास,
अक्सिजन नै रै’छौ तिमी मैले फेर्ने सास ।
पदमकुमार श्रेष्ठ
जुलियट सिजरको जस्तै सधैंभरि माया गरिरहूँ । जीवनमा अनेकौं कुरा झेल्न परे सधैँ सँगै झेलौँला ।
शहेमकर भुजेल
प्रिय, प्रेम गर्नेहरूलाई त सधैँ भ्यालेन्टाइन हो तर पनि फेब्रुअरी १४ पक्कै पनि विशेष होला र त प्रेम दिवस मनाउँछन् प्रेमिल जोडीहरू । त्यसरी नै म पनि तिमीसँग मीठा वात गर्न चाहन्छु, माया–प्रीतिका कुरा गर्न चाहन्छु, अरूभन्दा बेग्लै र अरू दिनभन्दा बेग्लै बनाउनेछु यो हाम्रो भ्यालेन्टाइनलाई †
निरज गुरुङ
जर्मन तानाशाह हिटलरले भनेका थिए— प्रेम होइन युद्ध गर्नुस् ।
किनभने युद्धमा तपाईं कि मर्नुहुन्छ कि बाँच्नुहुन्छ । तर प्रेममा तपाईं न बाँच्नुहुन्छ न मर्नुहुन्छ ।
सुरेश बटाला
मैले मौनतामा पनि प्रेमका हजार कुरा व्यक्त गरिरहेको हुन्छु, तर त्यसलाई सुन्न तिमिलाई कानले साथ दिएन,
बुझ्न तिमीलाई मनले साथ दिएन, त्यसैले मैले शब्दबाट प्रेम प्रस्ताव गर्दैछु ।
म तिमीलाई धेरै माया गर्छु सानी ।
दीपकसिंह रुम्बा
यो दिन के हो मलाई थाहा थिएन, जब तिमी मेरो जीवनमा आयौ नि, तब मात्र मलाई मायाको आभास भयो अनि हाम्रो दूरी कम हँुदै गयो ।
मिलन विष्ट
तिमी त सधैँभरि मेरै आँखाअघि नै छौ, कसरी तिमीलाई यो मनबाट निकाल्न सकौंला र ? तिमी त हरपल हरक्षण मेरै श्वासमा छौ, कसरी तिमीलाई भुल्न सकौंला र ?
वीरेन्द्र केसी
समयले उसैसँग टाढा बनाइदियो, जोसँग एकछिन छुट्टिने मन थिएन ।
सरु खनाल
म तिम्रा लागि रातो गुलाफझैँ भएछु ।
बसेछु मनमा, यत्रतत्र भएछु ।
सिउरिन्छु भनेरै चुँडेकी थियौ
सुँघेर फ्याल्दियौ, अलपत्र भएछु ।
गणेशमान सिंह ठकुरी
समयले उसैसँग मिलन गराइदियो, जोसँग एकपल पनि नछुटिने वाचा गरी माया गाँसेको थिएँ ।
हाम्रो चोखो मायामा दरार धेरै आए, बैरी लागे तर पनि टुटाउन र छुटाउन सकेनन् ।
फेरि पनि आयो भ्यालेन्टाइन जीवनसंगिनी, मीठो सम्झना सधैंभरि यसैगरी माया गर्न पाउँm ।
पवन पोखरेल
वर्षातमा ओत लाग्ने तिमी छाता बन्नुपर्छ
जीवनको कर्मशील अनेक पाटा बन्नुपर्छ
जीवन श्रृङ्गारिक उपन्यास हो भन्छन्
त्यहीँ उपन्यास रक्षक तिमी गाता बन्नुपर्छ
मेरी प्यारीलाई हृदयदेखि नै ह्यापी भ्यालेन्टाइन डे ।
श्याम के अन्जान
प्रेम दिवसअघि गुलाफ दिनुको कारणचाहिं सुन्दर गुलाफसँगै काँडा नि हुन्छ, घोच्न सक्छ, त्यसैले सम्हालिएर प्रेम गर्नु भन्ने कुरा सिकाउन होला ।
सुरेशराज खरेल
च्याटमा घण्टौं कुरा भए पनि फोनमा दुई मिनेट पनि कुरा हुन नसकेको यो मेरो अधुरो प्रेम, आशा छ तिमीले यो वर्ष पक्कै पनि स्वीकार गर्नेछौ ।
चन्द्र शाही ठकुरी