बजारमा नयाँ हुण्डाइ स्यान्ट्रो

- साप्ताहिक संवाददाता

फाल्गुन ३, २०७५

 

लक्ष्मी इन्टर कन्टिनेन्टलले नयाँ हुण्डाइ स्यान्ट्रो नेपाली बजारमा ल्याएको छ । नेपालको लागी हुण्डाइ मोटरको एक मात्र आधिकारीक विक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले नेपालको उत्कृष्ट फेमिली ह्याचब्याक गाडी दि अल न्यू स्यान्ट्रो हुण्डाइ पुन: नेपाली बजारमा भित्राएको हो ।

बजारको बदलिदो मागलाई ध्यानमा राख्दै मोर्डन र स्टाइलिस् डिजाईन, आरामदायी र प्रिमियम क्यावेन, नयाँ युगको टेक्नोलोजि, ग्राहक केन्द्रित सुरक्षा र उत्कृष्ट परफोममेन्सका साथ नयाँ स्यान्ट्रो गाडी पुन: नेपाली बजारमा भित्रीएको छ ।

हुण्डाइ मोटर्स र लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिको १० वर्षको साझेदारीको उपलक्ष्यमासोल्टी क्राउन प्लाजा होटलमा आयोजना गरिएको कार्यक्रममा नयाँ स्यान्ट्रो सार्वजनिक गरिएको थियो । लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिका महाप्रन्धक रुपेश शर्मा भट्टले नयाँ स्यान्ट्रो गाडीको अनावरण गर्दै नेपाली परिवारले सबैभन्दा बढी रुचाएको ह्याचब्याक गाडी, स्यान्ट्रोलाई पुन: नयाँ र परिमार्जित संसकरणका साथ नेपाली बजारमा आएको बताए । 

नयाँ स्यान्ट्रोले पुरानो स्यान्ट्रोले भन्दा बढी क्याविन स्पेस प्रदान गर्नुका साथै अन्य धेरै प्रिमियम विशेषताहरु ल्याएको छ । जस अन्तर्गत १७.६४ से.मी. स्मार्ट फोन कनेक्टिभिटी तथा भ्वाइस रिक्गनिसन जडित अडियो भिडियो प्रणालीे, रियर पार्किङ्ग क्यामरा, स्टेरिङ्ग माउण्टेड कन्ट्रोल अडियो तथा ब्लूटुथ कन्ट्रोल र रियर ए.सी. भ्यान्स रहेको छ । 

नयाँ स्यान्ट्रोले नयाँ १.१ लिटर, ४– सिलेण्डर पेट्रोल इन्जिन जसले ६९ पि.एस पावर र १०.१ के.जि.एम. को टर्क प्रदान गर्नेछ । गाडीका विभिन्न विशेषताहरु जस्तै एन्टी लक देखि प्रणालीका साथै इलेक्ट्रोनिक ब्रेक फोर्स वितरण र दोहोरो फ्रण्ट एयर ब्याग रहेको छ ।

प्रकाशित :फाल्गुन ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×