साप्ताहिक संवाददाता
फाल्गुन ४, २०७५
यदि प्रेमको कविता लेख्न रुचाउनुहुन्छ भने तपाईंका लागि एउटा अवसर छ । स्पोकन वर्ड नेपालको आयोजनामा शनिबार बानेश्वरस्थित मोक्षमा हुन लागेको वर्ड वारिवर्स लाइभ : प्रेमको कवितात्मक अभिव्यक्तिमा भाग लिन सक्नुहुनेछ । प्रेमका कविता सुन्न रुचाउनेहरू पनि यसमा सहभागी बन्न सक्छन् । यो कार्यक्रममा अंग्रेजी तथा नेपाली दुवै भाषामा कविता सुनाउन सकिन्छ ।
समय : दिउँसो १२ देखि २ बजेसम्म ।
.........................
शनिबार मित्रपार्कस्थित १०९ डिग्रिज रेस्टुराँमा कविता श्रवण गर्ने कार्यक्रम छ । युवा कविहरूलाई एक ठाउँमा भेला गर्ने उद्देश्यले यो कार्यक्रम आयोजित गरिएको हो । आयाम नेटवर्कले आयोजना गर्न लागेको यो कार्यक्रममा प्रवेश गर्न ५० रुपैयाँको टिकट काट्नुपर्नेछ ।