साप्ताहिक संवाददाता
फाल्गुन ५, २०७५
नेपाली चलचित्रले कला राईका रूपमा एउटा नयाँ अनुहार पाएको छ । चलचित्र मुर्चुङ्गामार्फत रजतपटमा पदार्पण गरेकी यी अभिनेत्री पहिलो चलचित्र प्रदर्शन नहुँदै दोस्रो चलचित्रमा सक्रिय भैसकेकी छिन् । यतिबेला चलचित्र आरुषीमा व्यस्त कला उक्त चलचित्रकी मुख्य कलाकार हुन् ।
चलचित्रमा उनले नयाँ अभिनेता इशक राईसँग अनस्क्रिन रोमान्स गरेकी छिन् । सोलुखुम्बुमा जन्मिएकी कलाले अभिनयमै करियर बनाउने निर्णय गरेकी छिन् । उदय सुब्बाको निर्देशनमा अभिनय गरिरहेकी कला रोमान्टिक भूमिकामा सहज महसुस गर्ने बताउँछिन् । यद्यपि आफू हरेक प्रकारका भूमिका निर्वाह गर्न सक्षम रहेको उनले स्पष्ट पारेकी छिन् ।