साप्ताहिक संवाददाता
भोज डिल्सले आफ्नो दोस्रो संस्करण स्वरुप ‘भोज स्प्रिंग कार्निवल’ गर्ने भएको छ । डिल्सले आगामी फेबु्रअरी १८ देखि २४ तारिकसम् मगर्न लागेको ‘भोज स्प्रिंग कार्निवल’को भव्य तयारी गरिरहेको छ । खानाका पारखीहरुका लागि लक्षित गर्दै आयोजना हुने लागेको ‘भोज स्प्रिंग कार्निवल’मा सय भन्दा धेरै रेस्टुराँको सहभागीता रहने छ ।
७ दिनसम्म चल्ने ‘भोज स्प्रिंग कार्निवल’मा सहभागी हुन् खानाका पारखीहरुले विशेष छुट पाउँने बताइएको छ । उक्त ‘भोज स्प्रिंग कार्निवल’मा इ–सेवा बाट भुक्तानी गर्ने सहभागीले २५५ सम्म क्यास ब्याक पाउने बताईएको छ ।
‘भोज स्प्रिंग कार्निवल’को मुख्य प्रायोजन कर्निवल खुकुरी रमले गरेको हो भने इ–सेवाले सह–प्रायोजन गरेको छ ।साथै प्रिती नुडल्स, रियल जुस, र ओरिओ बिस्कुटले सहयोगी प्रायोजन गरेका छन् ।
७ दिन सम्म चल्ने ‘भोज स्प्रिंग कार्निवल’मा हरेक खाना को अर्डर मा पारखी हरुको लागि रियल जुस तथा प्रिती नुडल्सको तर्फ बाट विभिन्न खाध्य सामग्रीहरु प्रायोजन गरेको छ ।
यस कार्निवल मा खान का साथै सहभागीले अनलाइन गेम, विभिन्न उपहारका साथै मनोरन्जनात्मक सामाग्रीहरु मन पर्ने रेस्टुराँमा प्राप्त गर्ने छन् ।