साप्ताहिक संवाददाता
फाल्गुन ६, २०७५
नेपाली फुटबलका सर्वाधिक सफल प्रशिक्षक हुन्— ग्योतुको कोजी । उनकै नेतृत्वमा नेपालले सोलिडारिटी कप जितेको थियो । नेपालमा भिसा प्रक्रिया नमिलेपछि उनी समस्यामा परे ।
त्यसयता उनी नेपाल प्रवेश गर्न सकेका छैनन्, तर अनुबन्ध अनुसार उनले फेब्रुअरीसम्म प्रशिक्षकका हैसियतमा तलब भने प्राप्त गरिरहेका छन् । यसबीच कोजीले कम्बोडियाली फुटबल संघसँग व्यवसायिक अनुबन्धसमेत गरेका छन् ।
सुरुमा उनी कम्बोडियाली उमेर समूहको टिमका प्रशिक्षक हुनेछन् । यस्तोमा केही समयका लागि उनले तलब नेपालबाट पाउनेछन् भने काम अरूतिरै गर्नेछन् ।