साप्ताहिक संवाददाता
चैत्र १ गतेबाट सार्वजनिक हुने चलचित्र दि म्यान फ्रम काठमाडौंको नयाँ गीत सार्वजनिक गरिएको छ । सोमबार युट्युबबाट सार्वजनिक ‘किच किच्ये माया’ बोलको गीतमा सुजेन्द्र डि कार्कीको शब्द तथा संगीत छ, चन्दन ध्वोज केसीको स्वर छ ।
सार्वजनिक गीतमा मुख्य कलाकार कर्मा शाक्य र आना शर्मालाई देख्न सकिन्छ । यो गीतलाई राजन इशानले एरेञ्ज गरेका हुन् । भने गीतको भिडियोमा सविन शाक्यको कोरियोग्राफी रहेको छ ।
भिडियोलाई चर्चित कोरियोग्राफर रेनेशा वान्तवा राईले निर्देशन गरेकी हुन् । निर्देशक पेमासँगै नकिम उद्धिनको निर्माण बनेको चलचित्रमा जोसे मानुइल र अभिनेत्री आना शमार्, चर्चित भारतिय कलाकार गुल्सन ग्रोबर पाकिस्तानी कलाकार हमिद शेखसँगै नेपाली कलाकार नीर शाह, कर्मा शाक्य, मिथिला शर्मा, शिशिर बाङ्देल, सुनिता ठाकुर, परमिता आर एल राना, अमिर गौतम लगायतको अभिनय छ ।
‘दि म्यान फ्रम काठमाडौं’ लाई कार्लोस मेडिनाले खिचेका हुन् । नेपालसँगै हलिउड, बलिउड र पाकिस्तानी कलाकारको समिश्रण रहेको सिनेमालाई पेमा धोन्डुपले निर्देशन गरेका हुन् । योसँगै ‘दि म्यान फ्रम काठमाडौं’को नयाँ एक्सन ट्रेलर पनि सार्वजनिक गरिएको थियो । चलचित्रको यसअघि सार्वजनिक ट्रेलरले राम्रो प्रतिक्रिया पाएको थियो ।