साप्ताहिक संवाददाता
दयाहाङ राईको मुख्य भुमिका रहेको चलचित्र आप्पाको नयाँ गीत सार्वजनिक गरिएको छ । सिनेमाको ‘साँझ परे पछि’ बोलको गीत सोमबार दिउँसो सार्वजनिक गरिएको हो । निर्देशक अनमोल गुरुङको शब्द तथा संगीत रहेको गीतमा निर्देशक गुरुङ र स्नेहश्री थापाको स्वर छ ।
उक्त गितको भिडियोमा सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चालाई अभिनय गराइएको छ । आगामी वर्षको जेष्ठ २४ गतेबाट रिलिज हुने तय भएको चलचित्र बाबु र छोराको सम्बन्धको कथामा निर्माण भएको बताइन्छ । यो चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । यो चलचित्र उनको डेब्यु निर्देशन समेत हो ।
आप्पामा रुदेन सादा लेप्चाको लगानी रहेको छ भने दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । ‘आप्पा’ मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन सिनेमामा रहेको छ ।