साप्ताहिक संवाददाता
फाल्गुन ६, २०७५
काठमाडौं
नव गायक कृष्ण कार्की र बिन्दु परियारको आवाजमा ‘घरबारमा’ बोलको गीत सार्वजनिक भएको छ । केहि वर्ष यता गायन सम्बन्धि विभिन्न प्रशिक्षण लिईरहेका कृष्णको यो डेव्यु गित हो, गीतमा पल शाह र आँचल शर्मालाई अभिनय गराइएको छ ।
गीतमा मायामा आउने घरबार र खानदानको कुरालाई देखाइएको छ । गीतमा शब्द र संगीत सन्तोष सुनारको रहेको छ ।
सार्वजनिक भएको केहि दिनमै यो गीत र भिडियोलाई दर्शकले रुचाएका छन् ।
गीतलाई राजिव समरले कोरियोग्राफ गरेका हुन् , जसलाई रामकुमार केसीले छायाँकन गरेका छन् । भिडियोलाई निर्देशनसँगै सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।