साप्ताहिक संवाददाता
फाल्गुन ७, २०७५
शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र बुलबुलको पोस्टर हटाउन प्रहरीले निर्देशन दिएको छ । पोस्टरमा रक्सीको एउटा ब्रान्डको प्रचार गरेको गुनासो आएपछि प्रहरीले राजधानीका विभिन्न स्थानमा टाँसिएका पोस्टर हटाउन निर्देशन दिएको हो ।
कानूनत: मदिराको विज्ञान गर्न नपाइने भन्दै काठमाडौं प्रहरी परिसर, टेकुले पोस्टर हटाउन निर्देशन दिएको हो । परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार आइतबार चलचित्रका निर्देशक विनोद पौडेल र प्रोड्यूसर अविरल थापालाई बोलाएर पोस्टर हटाउन भनिएको छ ।
परिसरमा भएको छलफलपछि निर्माण पक्षले पोस्टर हटाउने प्रतिबद्धता समेत जनाएको प्रहरीको भनाइ छ । स्वस्तिमा खड्का, बुद्धि तामाङ, मुकुन भुषाल लगायतका कालारले शिर्ष भूमिकामा रहेर अभिनय गरेको यो चलचित्र सकारात्मक प्रतिकृया सहित प्रदर्शनमा छ ।