साप्ताहिक संवाददाता
फाल्गुन ८, २०७५
नेपाली कथानक चलचित्र ‘साइँली’को नयाँ गीत सार्वजनिक भएको छ । चलचित्रको ‘प्याट प्याटे’बोलको गीत सार्वजनिक गरिएको हो । हर्क साउदले लेखेको उक्त गीत सुशान्त गौतमले गाएका छन् ।
सार्वजनिक गीतमा संगीत पनि सुशान्त गौतमलेनै दिएका छन् । सार्वजनिक गीतको भिडियोमा चलचित्रका शिर्ष कलाकार मेनुका प्रधान, दयाहाङ राई र गौरव पहाडीलाई देखाइएको छ ।
चलचित्रलाई ’कबड्डी’ फेम निर्देशक रामबाबु गुरुङले निर्देशन गरेका हुन् । ‘साइली’को कथा पनि निर्देशक गुरुङ आफैले लेखेका हुन् । चलचित्रमा हेमन्त, गौरव, अजय पोखरेल, विशाल गुरुङ, मोहन थापाको संयुक्त लगानी रहेको छ । चलचित्र चैत्र १५ गतेबाट प्रदर्शनमा आउने छ ।
गीतको भिडियो :