साप्ताहिक संवाददाता
फाल्गुन १०, २०७५
आज शुक्रबार इटालीकी डिजे मिर्का सेत्रेट काठमाडौंमा प्रस्तुत हुँदैछिन् । डिजे मिर्का पहिलो पटक नेपाल आउन लागेकी हुन् । उनले ठमेलस्थित टर्टल लाउन्जमा आज र भोलि प्रस्तुति दिनेछिन् । उनले त्यहाँ आफ्ना उत्कृष्ट हिपहप इडिएम म्युजिक प्रस्तुत गर्ने बताइएको छ ।
टेस्ट राइड एन्ड एक्सचेन्ज
बिएमडब्लू मोटरर्याड नेपालले भोलि शनिबार बिएमडब्लू मोटरर्याड टेस्ट राइड तथा एक्सेन्ज कार्यक्रम राखेको छ । मोटरसाइकल राइडमा रुचि राख्नुहुन्छ भने यो कार्यक्रममा भाग लिन सक्नुहुनेछ ।
स्थान : जेनेसिस क्याफे, पानीपोखरी
समय : १० बजे