साप्ताहिक संवाददाता
रोल्पाको रुन्टीगढी गाउँपालिकाको आयोजनामा आजबाट ‘रुन्टीगढी विकास सम्मेलन २०७५’ सुरु भएको छ । भोलीसम्म चल्ने विकास सम्मेलनका लागि ‘विकासका लागि साझेदारी’ भन्ने नारा तय गरिएको छ । सम्मेलनमा सघीय उर्जा तथा जलश्रोत मन्त्री बर्षमान पुन प्रमुख अतिथीका रुपमा रहने आयोजले जनाएको छ ।
सघीय सस्दहरु , राष्ट्रिय सभाका सस्दहरु, प्रदेश नं. ५ का मन्त्री र सास्दहरु , प्रदेश नं. ५ योजना आयोगका प्रतिनिधि, प्रदेश नं. ५ अन्तर्रगतका विभन्न जिल्ला समन्वय समित, उप–महानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा अध्यक्षहरुले उक्त विकास सम्मेलनमा भाग लिने छन् । सम्मेलनमा पर्यटन र पूर्वाधारका विषयमा चारवटा कार्यपत्रहरु प्रस्तुत हुने गाउँपालिकाका अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक बालाराम बुढामगरले बताए ।
उक्त सम्मेलनमा प्रदेश नं. ५ का विभिन्न जिल्लका उद्योग बाणिज्य सघ, गैरसरकारी सस्था महासंघ, पत्रकार महासंघका अध्यक्षय प्रतिनिधहरु स्थानीय जनप्रतिनिधिहरु र सर्वसाधरण समेतको गरी करीव ३ सयको सहभागीतामा रहने अध्यक्ष बुढाले बताए छ ।
सहिदमार्ग र आश्रीत इच्छुक मार्गले यस क्षेत्रमा पार्ने बहुक्षेत्रीय प्रभाव तथा यसको दिगोपनका लागी तिन तहका सरकारको लगानी र साझेदारीका विषयमा समेत छलफल हुने बताइएको छ ।
कार्यक्रम सम्पन्नसँगै आगामी बर्षको कार्यक्रम तथा नीति तय गर्दा स्थानी सरकार प्रदेश सरकार र सघीय सरकारलाई साझेदारी गर्न यस कार्यक्रमले मार्ग प्रसस्त गर्ने कार्यपालिका प्रवक्ता जगत बहादुर घर्तीले बताए । यस सम्मेलनले रुन्टीगढी क्षेत्रको आर्थिक विकासमा सकारात्मक योगदान पुग्ने खालका कार्यक्रमहरु तय गर्न सहयो गर्ने र स्थानीय तहहरु पनि सकारात्म कार्य गर्न सक्षम छन भन्ने सन्देश समेत प्रवाह गर्ने पर्यटन फोकल पर्सन दीपक डाँगीले बताए ।