साप्ताहिक संवाददाता
फाल्गुन १२, २०७५
चलचित्र ‘वीर विक्रम–२’ आगामी जेठ ३ मा रिलिज हुने भएको छ । पल शाह, नाजिर हुसेन तथा वर्षा शिवाकोटीले शिर्ष भूमिकामा रहेर अभिनय गरेको चलचित्रले आफ्नो रिलिज मिति जेठ ३ तोकेको छ । अभिनेता पलको जन्मदिनको केट काट्दै सिनेमा टिलले आफ्नो रिलिज मिति तोकेको हो ।
यसअघि सिनेमा चैत ३० मा रिलिज हुने चर्चा चलेको थियो । सिनेमाका निर्देशक मिलन चाम्सले चैत ३० मा दुई सिनेमाले आफ्नो रिलिज मिति घोषना गरेकाले आफूहरूले जेठ ३ लाई रिलिज मिति तोकेको बताए ।
जेठ ३ मा निर्देशक योगेश घिमिरेले निर्देशन ‘प्रेम दिवस’ रिलिज हुने यसअघि ने घोषणा भइसकेको छ ।
सिनेमामा पल, वर्षा तथा नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको पनि अभिनय छ ।