साप्ताहिक संवाददाता
फाल्गुन १२, २०७५
फागुन २ गते बिहीबार : राधे कृष्ण राधे राधे राधे...कृष्णले जस्तै हरपल माया दे, साहारा दे, संरक्षण दे । किन चाहियो बेकारको यो भेलेन्टाइन डे ?
फागुन २ गते बिहीबार : प्रिय वर्षा प्रिय संजोग....प्रणय दिवसका दिन बाँधिएको यो बन्धन माया, प्रेम, सहयोग, सद्भाव र सहयात्राको जगमा उभिएर सफल जीवनयात्राको नमुना बन्न सकोस् । मेरा प्रियहरूलाई शुभकामना ।
फागुन ३ गते शुक्रबार : मलाई साँघुरो चलचित्र धेरै राम्रो लागेको थियो । त्यही समूहले बनाएको अर्को चलचित्र बुलबुल आजदेखि प्रदर्शनमा आएको छ । निर्देशक विनोदजी, स्वस्तिमा तथा सम्पूर्ण युनिटलाई सफलताको शुभकामना ।
फागुन ४ गते शनिवार : लुट्नसम्म लुट कान्छा लुट्न सम्म लुट । धेरै बोले कारवाही हुन्छ चुप लागेर सुत ।
फागुन ६ गते सोमबार : सरकारलाई व्यंग्य गरौं, विपक्षीबाट तलब पाऊँ...मन्द बुद्धिहरू ।