साप्ताहिक संवाददाता
काठमाडौंको हात्तीगौंडा, टोखा रोडमा अत्याधुनिक प्रविधि तथा गुणस्तरीय सेवा सुबिधाले सम्पन्न ग्रिल हाउस एन्ड सेकुवा घर रेस्टुराँ एन्ड बार स्वदेशी तथा विदेशी परिकारका पारखीहरूलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेस्टुराँ सञ्चालनमा आएको छ ।
दुई दशकभन्दा लामो अन्तर्राष्ट्रिय स्तरको लक्जरी चेन होटल रेस्टुराँमा सेफको काम गरेको अनुभव प्रयोग गर्दै खोलिएको ग्रिल हाउस एन्ड सेकुवा घरमा सेकुवा तथा ग्रिल परिकारहरू फरक खालको ओभनबाट हाईजेनिक तबरले तयार पारिन्छ । शुक्रबार र शनिबार कन्टिनेन्टल टेस्टमा चिकेन होल बारबिक्युसमेत उपलब्ध हुने ग्रिल हाउसमा हरेक दिन फरक–फरक स्वाद लिन सकिनेछ ।
ग्रिल हाउस एन्ड सेकुवा घरका सञ्चालकमध्येका एक शंकर जिरेल दुई दशकदेखि फाइभ स्टार होटलमा सेफका रूपमा कार्यरत थिए । राजधानीको सुन्दर क्षेत्र हात्तीगौंडामा सुरक्षित पारिवारीक वातावरणमा फरक ढंगले रेस्टुरेन्ट एन्ड बार सञ्चालनमा ल्याइएको ग्रिल हाउस एन्ड सेकुवा घरका अर्का सञ्चालक रेशम गुरुङ बताउँछन् । ‘अहिले सञ्चालनमा रहेका अन्य रेस्टुराँभन्दा केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकून् भन्ने उद्देश्यले यो रेस्टुराँ स्थापना गरेको गुरुङले बताए ।