करिश्मा ढकाल, मोडल
चौबीसै घण्टा घाम लाग्यो भने के गर्नुहुन्थ्यो ?
विदेशमा हुने दाजुभाइहरूले काम गरिरहनुपथ्र्यो अनि म पनि नाचिरहन्थें होला ।
पाँच दिनसम्म खानेकुरा खान प्रतिबन्ध लगाइयो भने ?
झुन्डिएर मर्थें होला ।
तपाईंको तौल बढेर ८५ किलो भयो भने ?
म सम्झना बुढाथोकी हुन्थेँ, यो क्षेत्रको काम छाड्थेँ ।
बिहान उठ्दा केटा हुनुभयो भने ?
दुःखी हुन्थें । हाम्रो घरमा छोरीको अभाव हुन्थ्यो, किनभने मेरा दुई जना दाजु हुनुहुन्छ ।
प्रदीप खड्काले आई लभ यू भने के गर्नुहुन्छ ?
धेरै खुसी हुन्थें ।
गायिका बन्ने प्रस्ताव आयो भने ?
गाइदिन्छु, के थाहा चलिहाल्छु कि †
अर्को नाम राख्नुप¥यो भने कुन नाम राख्नुहुन्छ ?
यो कुरा त सोचेकै छैन ।
सार्वजनिक ठाउँमा आएर कसैले गालामा म्वाइँ खाइदियो भने ?
लाजले भुतुक्कै हुन्थें ।
स्टेजमा नाच्दा–नाच्दै बेहोस हुनुभयो भने ?
त्यो बेहोसीलाई एउटा स्टेप बनाएर दर्शकलाई चकित पार्थें ।
तपाईंसँग कसैले पनि विवाह गर्न मानेन भने के गर्नुहुन्छ ?
त्यसपछि कुमारी बस्नुको विकल्प नै हुँदैनथ्यो ।
जीवन कसैसँग साट्न पाए कोसँग साट्नुहुन्छ ?
म बलिउड अभिनेत्री ऐश्वर्य रायसँग साट्थें ।
तपाईं बसेको कुर्सी भाँचियो भने ?
हाँस्थेँ होला ।
तपाईंलाई भोक नै नलाग्ने भयो भने ?
भोक जगाउने औषधी खान्थें ।
भीडभाडमा कुनै एउटा केटोले तिमी त कस्ती सेक्सी देखिएकी भन्यो भने ?
भित्र–भित्र खुसी हुन्थें, तर बाहिरचाहिँ रिसाउँथेँ ।
मंगल ग्रहमा लान पाए कसलाई लानुहुन्थ्यो ?
बुबा–आमालाई लैजान्थें ।
चिनीको स्वाद तीतो पाउनुभयो भने ?
चिया खानै छाडिदिन्थें ।
मोबाइलमा कसैले फोन गरेर यो कहाँ प¥यो भनेर सोध्दा तपाईंको जवाफ के हुन्छ ?
मलाई एकदमै रिस उठ्छ । त्यसपछि झर्किएर बोल्छु र आफैं फोन काटिन्छ ।