साप्ताहिक संवाददाता
रोल्पाको रुन्टीगढीमा पहिलो अक्षर महोत्सवको आयोजना हुने भएको छ । ३ दिनसम्म हुने उक्त अक्षर महोत्सवमा साहित्यका विधिव कार्यक्रमहरु हुने छन् ।
स्वर्गद्वारी नगरपालिका प्यठान, रुन्टीगढी गाउँपालिका रोल्पा र स्वर्गद्वारी आश्रम प्यूठानको संयुक्त आयोजनामा आगामी चैत्र सात, आठ र ९ गते उक्त महोत्सव हुन् लागेको छ ।
स्वर्गद्वारी नगरपालिका प्यूठानका मियर नेत्र रोकाया, स्वर्गद्वारी आश्रमका भन्डारी बासुदेव भट्टराई लगायतका प्रतिनिधिसँग कार्यक्रमका बारेमा पहिलो चरणको छलफल सम्पन्न भएको छ । घलफलका क्रममा उनीहरुले महोत्सव भब्यरुपमा सम्पन्न गर्ने बचन बद्धता गरेका छन् ।
चैत्र सात गतेरुन्टीगढी गाउँपालिका होलेरीबाट सुरु भएको अक्षर महोत्सव चैत्र ९ गते समापन हुने छ । कार्यक्रममा बरिष्ठ कवि तुलसी दिवस, कलाकार, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, आख्यानकार अमर न्यौपाने, नयनराज पाण्डे, कवि रमेश क्षितिज, नवराज लम्साल लगायतले उपस्थिती जनाउने छन् ।